वीर अस्पतालमा तत्काल जनशक्ति थप्न सांसद कार्कीको माग

271 Shares

 वीर अस्पतालमा तत्काल स्वास्थ्य जनशक्ति थप गरी पूर्ण रूपमा सेवा सञ्चालन गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. तोसिमा कार्कीले माग गरेकी छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा उनले आईसीयू र शल्यक्रिया बेड नपाएर सयौँ बिरामी फर्किनुपरेको भन्दै यसको मुख्य कारण जनशक्ति अभाव रहेको बताइन् । “यसअघिका स्वास्थ्यमन्त्रीले वीर अस्पताललाई ध्वस्त पारेर जानुभयो, २७६ जना जनशक्ति एकैपटक निकालिदिनुभयो,” पूर्वस्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतप्रति उनले आरोप लगाइन् ।

 

वीर अस्पतालका निम्ति स्वीकृत ८३१ जनशक्ति तत्काल थप गर्न समेत उनले माग गरिन् ।

आईसीयू, भेन्टिलेटर र शल्यक्रिया बेड खोज्दै बालबालिकादेखि वृद्धवृद्धासम्म भौँतारिनु परिरहेको अवस्थाको अन्त्य गर्नुपर्नेमा उनले जोड दिइन् ।

सम्बन्धित समाचार