303
Shares

काठमाडौं । पहिलो पटक दूधमा बर्डफ्लुको भाइरस फेला परेको पुष्टि भएको छ ।अमेरिकाको टेक्सासमा विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले ‘एच फाइभ एन वान’ बर्डफ्लु भाइरस सङ्क्रमित जनावरको कच्चा दूधमा धेरै मात्रामा पाइएको जनाएको छ । तर, उक्त भाइरस दूधमा कति समयसम्म टिक्छ भन्ने कुरा स्पष्ट भने नभएको डब्ल्यूएचओले जनाएको छ ।
अमेरिकी अधिकारीहरूले यस महिनाको सुरुमा टेक्सासको डेरी फार्ममा काम गर्ने एक व्यक्ति गाईबस्तुको सम्पर्कमा आएपछि बर्डफ्लूको सङ्क्रमित भएको पुष्टि गरेका थिए । सङ्क्रमित जनावरको दूधमा पनि भाइरस भेटिएको र विज्ञहरूले अझै पनि दूधमा भाइरस कति समय बाँच्न सक्छ भनेर अनुसन्धान गरिरहेको जनाइएको छ ।