645
Shares
काठमाडौं । नेपालबाट मजदुरीका लागि भारतको कश्मीर पुर्याएर बन्धक बनाइएका ३५ जना नेपालीको उद्धार गरिएको छ।
त्यहाँ भारतीय ठेकेदारले नेपाली मजदुरहरूलाई श्रमशोषण र यातना दिएर काममा लगाइरहेका थिए। उनीहरुलाई कुटपिट गर्ने अमानवीय व्यवहार गर्ने र तीन महिनादेखि पारिश्रमिक समेत दिएका थिएनन्।
सामाजिक कार्यमा संलग्न सर्लाहीका सरोज रायसमक्ष यो सूचना पुगेपछि उनले उद्धारको पहल गरेका थिए। दिल्लीस्थित नेपाली दूतावास र किन इन्डिया संस्थाको समन्वयमा कश्मीरबाट मजदुरहरूको उद्धार गरी दिल्ली ल्याइएको रायले बताएका छन्।
उद्धार गरिएकामा महोत्तरीका २३ जना रहेका छन्। भने ६ जना नाबालिग रहेको रायले जानकारी दिए।