260
Shares
आईसीसी टी-२० विश्वकपअन्तर्गत वेष्ट इण्डिजमा जारी नेपाल र दक्षिण अफ्रिकाबीचको खेल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि चाखपूर्वक हेरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार)मा राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य-सचिव टंकलाल घिसिङ लगायतसँग बसेर टीभीमा खेल हेहेका हुन् ।
प्रधानमन्त्री राखेपका संरक्षक पनि हुन् । दक्षिण अफ्रिकाले दिएको ११६ रनको लक्ष्य पछ्याएको नेपाल १ रनले पराजित भएको छ । दक्षिण अफ्रिकाले दिएको १ सय १६ रनको लक्ष्य पछ्याए नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय १४ रन मात्र बनाउन सक्यो ।
यो हारपछि नेपालको सुपर-८ सम्भावना सकिएको छ । नेपालले तीन खेल खेल्दा दुईमा हार र एक खेल अंक बाँडेको छ । नेपाल अहिले तालिकाको चौथो स्थानमा छ । नेपालले अब सोमबार बंगलादेशसँग खेल्ने तालिका छ ।