कोशी प्रदेशको बजेट आज दिउँसो ३ बजे संसदमा प्रस्तुत हुने

110 Shares

 संवैधानिक व्यवस्था अनुसार प्रदेश सरकारहरूले आज आगामी आर्थिक वर्ष २०८१-८२ को बजेटको सार्वजनिक गर्दै छन् ।  कोशी प्रदेशको बजेट दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा प्रस्तुत हुने सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले जानकारी दिए । 

यसअघि नै प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले ३४(३५ अर्बको बजेट आउन सक्ने बताएका थिए । चालू आर्थिक वर्षका लागि ३६ अर्बको बजेट कार्यान्वयन भइरहेको छ ।

सङ्घबाट प्राप्त हुने विभिन्न अनुदान शीर्षकमा कम बजेट राखिएको कारण चालु आर्थिक वर्षको बजेट भन्दा आगामी आर्थिक वर्षको बजेट घट्न सक्ने सरकारकै अधिकारीहरू बताउँछन् ।

सम्बन्धित समाचार