बंगलादेशमा पुल भत्किँदा ९ जनाको मृत्यु

113 Shares

बंगलादेशको राजधानी ढाकाबाट करिब १८० किलोमिटर दक्षिणमा रहेको बरगुना जिल्लाको जीर्ण पुल भत्किँदा विवाह भोजका पाहुनाहरू बोकेको एउटा माइक्रोबस र अटोरिक्सा नहरमा खस्दा कम्तीमा नौ जनाको मृत्यु भएको छ।

दुर्घटना शनिबार दिउँसो २ बजेतिर भएको हो। स्थानीय समय अनुसार पुल भत्किँदा दुबै सवारी साधनलाई नहर खसेको बरगुनाको स्थानीय अमतली प्रहरी चौकीका अधिकृत काजी सखावत हुसेन टोपुले बताए।

‘उद्धारकर्ताहरूले नहरबाट नौ शव निकालेका छन् भने १० जना घाइते भएका छन्,’ उनले भने।

सम्बन्धित समाचार