पोखरामा एटिएम फोड्ने एक जना पक्राउ

179 Shares

पोखरा- पोखरामा एटिएम मेसिन फोड्ने एक जना पक्राउ परेका छन्। एटिएम फोडेको आरोपमा वडा प्रहरी कार्यालय, बैदामले धादिङको सिद्धलेक गाउँपालिका–३ घर भई पोखरा महानगरपालिका–९ नयाँबजार बस्ने रुपेश नेपालीलाई पक्राउ गरेको हो।

मंगलबार बिहान साढे २ बजे जिरोकिलोमिटरमा रहेको एनएमबी बैंकको एटिएम तोडफोड गरी रकम चोरी गर्न लाग्दा प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेका नेपालीलाई जिल्ला अदालत, कास्कीबाट ७ दिनको म्याद थपेर चोरी उद्योग मुद्दामा अनुसन्धान पक्रिया अगाडि बढाइएको छ।

सम्बन्धित समाचार