
काठमाडौं : पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले त्रिविको नीति तथा कार्यक्रम रोकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आक्रोश व्यक्त गरेकी छिन्।
बिहीबार सामाजिक सञ्जालमा प्रधानमन्त्री शर्मालाई सम्बोधन गरी ‘स्टाटस’ लेखेर श्रेष्ठले विश्वविद्यालय कार्यकर्ता रिझाउनका लागि हो कि विद्यार्थी र असल प्राध्यापकका लागि भन्दै प्रश्न समेत गरेकी छिन्।
‘पदेन कुलपति रहनुभएको प्रधानमन्त्रीले २०८१ साल श्रावण १५ गते मंगलबार त्रिविको नीति तथा कार्यक्रम रोक्नु भयो। विभिन्न तहको समीक्षा पार गरेको, त्रिविको प्राज्ञ टिमले मिहिनेत गरेर तैयार पारेर अपनत्व समेत लिएको त्यो दस्ताबेज थियो त्यो’, उनले भनेकी छिन्, ‘रोकिएको कार्यक्रम पत्रपत्रिकामा सार्वजनिक भैसकेको छ, के चाहिँ चित्त बुझेन छ यहाँलाई ? त्रिवि प्राज्ञले भन्दा राम्रो काम म गर्न सक्छु भन्ने दम्भ हो कुलपतिको?’
यस्तो हस्तक्षेपले राजनीतिक व्यक्ति विश्वविद्यालयको कुलपति हुनु हुँदैन भन्ने कुरालाई प्रमाणित गरेकोे उनले बताएकी छिन्। ‘आखिर विश्वविद्यालय त आफ्नो कार्यकर्ताको गरी खाने भाँडो न हो’, उनले लेखेकी छिन्, ‘अरु प्राध्यापक र विद्यार्थीहरू मूक दर्शक न हुन् हैन त!’