‘ब्रेक फेल’ हुँदा पल्टियाे ट्रक, चालक घाइते

156 Shares

दाङ- दाङमा ‘ब्रेक फेल’ हुँदा ट्रक दुर्घटनामा परेकाे छ।

छड बाेकेर लमहीबाट घाेराही जाँदै गरेकाे ना ६ ख १६५३ नम्बरको ट्रक घाेराही उपमहानगरपालिका- ३ चाैपट्टामा ‘ब्रेक फेल’ हुँदा भएको दुर्घटनामा परी शिवराज नगरपालिका- ५, कपिलवस्तु निवासी चालक हरिबहादुर खत्री घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

घाइते चालककाे राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।

सम्बन्धित समाचार