काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले आफू धेरै बोल्ने भन्दा पनि काम गर्ने बताएका छन् ।
बिहीवार काठमाडौं महानगर वडा ८ को प्रशासनिक भवन समुद्धाटन कार्यक्रममा बोल्दै प्रमुख साहले यस्तो बताएका हुन् । उनले म धेरै बोल्ने भन्दै सबैले भाषण भन्दा पनि काम गर्न जरुरी रहेको बताए । प्रमुख साहले कार्यक्रमहरूमा लामो सम्बोधन र भाषण गरेर समय लिने भन्दा पनि काममा समय दिनुपर्ने बताए ।
उनले भवन उद्घाटनमा ठूलो कार्यक्रम गरिरहनु नपर्ने बताए । उनले २२ वर्षको मेहनतले सम्पदा शैलीमा वडा भवन बनाएकाले आकर्षक देखिएको बताए । उनले पशुपति क्षेत्रका सडकहरू चाँडो र तिब्रगति गतिमा बन्दै जाने विश्वास रहेको बताए । उनले विशेषगरी पशुपति क्षेत्र आफैँमा सम्पदा क्षेत्र भएकाले वडा भवनको मुहार जस्तै सम्पदामैत्री सडक र घरहरूको मुहार हेर्ने चाहना रहेको बताए ।
उनले सम्पदामैत्री क्षेत्र सम्पदामैत्री सडक र घर तथा भवनहरू बनाउनको लागि काठमाडौं महानगरले बजेट समेत व्यवस्था गरेको बताए । उनले सम्पदा क्षेत्रका घरहरू सम्पदामैत्री शैलीमा हुँदा पर्यटकीय क्षेत्र अझ राम्रो देखिने बताए । उनले सम्पदा शैलीका सडक र घर भवनहरू भए पर्यटकहरूलाई आकर्षण अझै बढी हुने बताए ।
उनले भने, ‘चाँडो र तिव्रगतिमा यहाँका सडकहरू बन्दै जानेछन् । बन्दै पनि छन् । ढुङ्गा छापिएका बाटोहरू भर्खरै छटबाट हेर्दै पनि थियौं । विशेषगरी पशुपति क्षेत्र आफैमा सम्पदा क्षेत्र भएको हिसाबले जसरी वडा भवनको मुहार देखिएको छ । आगामी दिनहरूमा हाम्रो वडा अध्यक्ष,जनप्रतिनिधि ज्युहरू र कर्मचारीहरूको सहकार्यले सम्पदामैत्री बोटा र घरहरूको मुहार यस्तै देखियोस् भन्ने चाहना छ । त्यसको लागि काठमाडौं महानगरले बजेट पनि राखेको छ । अगाडि देखि घरका फसादहरू सम्पदामैत्री मेगा शैलीमा भयो भने पर्यटकीय क्षेत्र अझै पनि राम्रो देखिनेछ । पर्यटकहरूलाई आकर्षण अझै बढी हुनेछ भन्ने आशा लिएको छु । म धेरै बोल्न चाहन्न । अब निस्कन पनि लागेको भएर छोटो बोल्न आग्रह गरेर बोले खासै बोल्ने भन्दा पनि कामै गर्नुपर्छ भन्ने हो । उहाँहरूलाई ग्राहो छ । लामो लिस्ट हुँदोरहेछ । जिल्ला सभापतिदेखि महाधिवेशन प्रतिनिधिको नाम लिएर समय त्यसै जाँदो रहेछ । त्यो भन्दा पनि काममा समय दियौं । यति ठूलो कार्यक्रम गर्नुपर्ने थिएन तर २२ वर्षको मेहनतले गरेको भए ।’
काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले काठमाडौं महानगरको वडा ८ ऐतिहासिक, सांस्कृति र पुरातात्विक रूपमा महत्त्व बोकेको वडा भएको बताइन् । उनले वडाले बस्ती र बस्तीहरूलाई सांस्कृति र पुरातात्विक रूपमा पर्यटकीय रूपमा आकर्षण बनाउनेतर्फ ध्यान दिनुपर्ने बताइन् ।