गौशाला २६ ले निवेदन दिए पनि सन्दीपविरुद्ध सर्वोच्च जाँदै सरकार

86 Shares

नेपाली स्टार सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणी मुद्दामा सर्वोच्च अदालत जाने तयारी गरिएको छ ।

लामिछानेविरुद्ध मुद्दा चलाउनुपर्ने रायसहित उच्च सरकारी वकिलको कार्यालय सर्वोच्च जान लागेको हो । जसका लागि सरकारी वकिलको कार्यालयले महान्यायाधिवक्ता कार्यालयमा फाइल पठाएको छ ।

आइतबार उच्च सरकारी वकिलको कार्यालय पाटनले सर्वोच्चमा पुनरावेदन गर्नुपर्ने रायसहितको प्रतिवेदन र फाइल पठाएको स्रोतले जनायो ।

उच्च अदालत पाटनबाट सफाइ दिने निर्णय त्रुटिपूर्ण भएकाले बदर भई बलात्कारमा हदैसम्मको कैद, जरिवाना र क्षतिपूर्ति भराउने फैसला हुनुपर्ने माग पुनरावेदनमा गरिएको छ ।

यसअघि साउन ११ गते पीडित गौशाला २६ ले लामिछाने विरुद्धको मुद्दा अघि नबढाइदिन आग्रह गर्दै निवेदन दिएकी थिइन् ।

उनको निवेदनलाई पनि साथै राख्दै लामिछानेविरुद्ध एक तहमाथि (सर्वोच्च) जानुपर्ने आधारहरू रहेको दाबी उच्च सरकारी वकिल कार्यालयले गरेको छ ।

सम्बन्धित समाचार