काठमाडौं । सम्बन्धविच्छेदको मुद्दा अघि बढाएसँगै जनमत पार्टीका अध्यक्ष सिके राउतका श्रीमान-श्रीमतीले एकअर्कासँग असुरक्षित महशुस गरेका छन् ।
उनीहरु दुबैले कअर्कासँग असुरिक्षत रहेको भन्दै सुरक्षा दिन प्रहरीकोमा उजुरी दिएका हुन् ।
सोतका अनुसार राउतले श्रीमती सोनी सिन्धु रानीका कारण असुरक्षित भएको भन्दै सुरक्षा माग सहित प्रहरी प्रभाग इमाडोलमा निवेदन दिएका छन् । यस्तै, उनकी श्रीमती सोनीले पनि श्रीमानबाट असुरक्षित भएको भन्दै प्रहरी बृत्त सातडोबाटोमा निवेदन दिएको बताइएको छ ।
राउतले जिल्ला अदालत ललितपुरमा सम्बन्धविच्छेदको मुद्दा दायर गरेका छन्। उनले भदौ १२ गते श्रीमती रानीसँग सम्बन्धबिच्छेदको मुद्दा दायर गरेको ललितपुर जिल्ला अदालत स्रोतले जानकारी दिएको छ। राउतकी श्रीमती सोनी भारतीय नागरिक हुन्।
राउत ललितपुरको महालक्ष्मी नगरपालिका– ४ इमाडोलमा बस्छन् । राउतले मुद्दामा आफ्ना दुई छोरी र एक छोरालाई पनि आफैँसँग राख्न माग गरेका छन्।
मुद्दामा राउतले श्रीमती पटकपटक माइत जाने र काठमाडौँमा नबस्नेलगायतका कतिपय नातासम्बन्धी समस्या उल्लेख गरेका छन्।
मुद्दामा राउतले श्रीमती पटकपटक माइत जाने र काठमाडौँमा नबस्नेलगायतका कतिपय नातासम्बन्धी समस्या उल्लेख गरेका छन्।