८ किलो सुन स्कुटरमा लिएर घुमिरहेका दुई जना परे प्रहरीको फन्दामा

343 Shares

काठमाडौं : मकवानपुरको हेटौँडाबाट आठ किलोभन्दा बढी सुनसहित दुई भारतीय पक्राउ परेका छन्।

शनिबार बिहान ३ बजेतिर प्रहरीले हेटौंडा उपमहानगरपालिका- १५ रातोमाटे चेकपोष्टस्थित पूर्व-पश्चिम सडकखण्डमा आठ किलो २४३ ग्राम ९७० मिलिग्राम सुनसहित दुईजनालाई पक्राउ गरेको जिल्ला प्रहरीका कार्यालयका डीएसपी श्याम अर्यालले जानकारी दिए। पक्राउ पर्नेमा भारतको महाराष्ट्र राज्य सांगली जिल्लाका २५ वर्षीय अभिषेक अजिनाथ कुटी र २७ वर्षीय राहुल भिट्टिहाल बाड छन्।

May be an image of 4 people and text

पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश ०२-०४७ प ७५०३ नम्बरको स्कुटरलाई जाँच गर्दा सुन फेला परेको थियो। बरामद सुनको मूल्य ११ करोड ४३ लाख ५७ हजार ६५० रूपैयाँ ६५० पैसा बराबरको रहेको प्रहरीले जनाएको छ।

उनीहरू दुवैलाई थप अनुसन्धान तथा कारवाहीका लागी राजस्व अनुसन्धान कार्यालय पथलैया पठाएको डीएसपी अर्यालले बताए।

May be an image of text

सम्बन्धित समाचार