यति एयरलाइन्सले दैनिक भैरहवा-पोखरा उडान गर्ने, भाडा मात्रै २५ सय

175 Shares

काठमाडौँ: यति एयरलाइन्सले भैरहवा–पोखरा–भैरहवा नियमित उडान गर्ने भएको छ । यतिले भोलि (मंगलबार) देखि नियमित रुपमा पोखराबाट भैरहवा उडान गर्ने भएको हो ।

यति एयरलाइन्सले भैरहवा–पोखराको एकतर्फी भाडा २५ सय तोकेको छ । जसअनुसार भैरहवाबाट पोखरा बिहान ११ः५ र पोखराबाट भैरहवा बिहान ११ः४५ बजे उडान गर्ने जनाएको छ ।

गौतमबुद्द अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय पर्यटकको संख्या बढाउने उदेश्यले उडान गर्न लागिएको यतिले जनाएको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको २ वर्षपछि पूर्णरुपमा हवाई उडान हुन लागेको हो ।

सम्बन्धित समाचार