कर्मचारीलाई स्वास्थ्यमन्त्रीको निर्देशन– फाइल अड्काएर जनतालाई दुःख नदिनूस्

155 Shares

 स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नागरिकका काममा ४८ घण्टाभन्दा बढी फाइल नरोक्न कर्मचारीलाई निर्देशन दिएका छन् । मन्त्रालयको प्रथम त्रैमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा सोमबार यस्तो निर्देशन दिएका हुन् । 

“अर्थ, कानुन भनेर कुनै फाइल ४८ घन्टाभन्दा बढी रोकिन भएन, सरकारी कामको यो रवैया हुनु भएन,” मन्त्री पौडेलले भने ।साथै, पुँजीगत खर्च कम भएको भन्दै यसलाई बढाउन पनि उनले कर्मचारीहरूसँग आग्रह गरे । पुँजीगत खर्च कम हुनु गम्भीर समस्या भएकाले सबैभन्दा धेरै बजेट खर्च गर्ने मन्त्रालय बन्नुपर्ने उनको जोड छ । 

हाल थपिएका निःशुल्क उपचारका सेवाहरू लोकप्रिय हुन नगरी राज्यलाई कम भार पर्ने र स्रोत सुनिश्चित भएका निर्णयहरू गरिएको मन्त्री पौडेलले प्रस्ट पारे । “पपुलिष्ट बन्न हैन, कम भार थपेर नागरिकलाई सजिलो पार्न निःशुल्क सेवा थपेका हौँ,” उनले भने ।

यस्तै, १० दिनभित्र पुँजीगत खर्च बढाउने योजनासहित आउन पनि उनले कर्मचारीलाई निर्देशन दिएका छन् । पुँजीगत खर्च तथा सुधार योजना ल्याउनुपर्ने उनको जोड छ । 

सम्बन्धित समाचार