पाँचपोखरी थाङपालमा तीन दिने ‘स्थानीय सरोकार’ कार्यक्रम सम्पन्न

150 Shares

काठमाण्डौँ  ।  सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकामा सोमबार देखि सुरु भएको ‘स्थानीय सरोकार’ बिषयक अन्तरक्रिया एवं प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । 

निगरानी दैनिक मिडिया प्रालिद्धारा संचालित स्थानीय सरोकारसँग गाउँपालिकाको सहकार्यमा भएको तीन दिने अन्तरक्रिया एवं प्रशिक्षण कार्यक्रम बुधबार सम्पन्न भएको हो । 

May be an image of 5 people, people studying and text

 

‘बिकास निर्माण, सम्बृद्धि र पुर्ननिर्माणमा स्थानीय सरोकारको बलियो आधार’ भन्ने मुल नाराका साथ भएको कार्यक्रममा हरेक दिन चार सेसन कार्यक्रम भएको थियो । 

जसमा गाउँपालिकाको कार्यसम्पादन\मुल्याङ्कन, मानव बेचविखन तथा ओसारपोसार नियन्त्रण, घरेलु हिंसा, सामाजिक कुरिती, वैदेशिक रोजगारीमा ठगि, बढ्दो साइबर अपराध नियन्त्रणमा बर्तमान रुप अबस्था, यस्ता अपराधबाट कसरी बच्ने ? तथा नमुना गाउँपालिका कसरी सवलिकरण र सक्षम र जनमुखी प्रशासन संचालन गर्ने भन्ने बिषयमा प्रशिक्षण दिइएको थियो । 

जसमा प्रशिक्षकका रुपमा नेपाल प्रहरीका विषयविज्ञ अब्बल प्रहरी कर्मचारीहरु साथै ३० बर्षसम्म कानुन कार्वान्यवन निकायमा काम गरेका कानुनी अघिवक्ताहरुले प्रशिक्षण दिएका थिए । प्रशिक्षकका रुपमा मानववेचविखन तथा ओसारपोसार कार्यालय ववरमहलका विषयविज्ञ प्रहरी नायव उपरिक्षक  (डिएसपी) दिपक शााह, साइबर ब्यूरो भोटाहिटीका इन्जिनियर\विषयविज्ञ प्रहरी निरिक्षक दिपा भट्टराई, कानुनी  अघिवक्ता गोविन्द पन्थि उपस्थित थिए । 

May be an image of 10 people, people studying and text

जस अन्तरर्गत पहिलो दिन पाँचपोखरी थाङपाल गापाका जनप्रतिनिधी निजामति कर्मचारी, बुद्धिजिवी, सरोकारवाला स्थानीय तहमा कार्यरत सुरक्षाकर्मीहरु तथा स्थानीयहरुलाई अन्तरर्गत सन्चारकर्मी जीवन शर्माले संचालन गरेको उक्त कार्यक्रममा प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष टासी लामा, विशिष्ट अतिथि गाउँपालिकाकी उपाध्यक्ष सुनिता अधिकारी, गाउँपालिकाका प्रमुख प्रशसकीय अधिकृत लक्षमण कुँइकेल, गाउँपालिकाका प्रमुख सल्लाकार शिशिर वाइवा, गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ६ का वडाध्यक्ष नारायण भट्टराई उपस्थित थिए । 

यस्तै, गाउँपालिकाका वडाध्यक्षहरु आलोक कुमार स्याङ्वो, बाबुलाल स्याङ्वो, निमा छिरिङ, विष्ण बहादुर खड्का, वडाका वडा सचिवहरु, पालिकाका विभिन्न विभागीय प्रमुख, कार्यापालिका सदस्य तथा कर्मचारीहरु, पालिका अन्तरर्गतका विद्यालयका प्रधानाध्यापकहरु, लगायतको उपस्थिती थियो । 

May be an image of 10 people and text

गाउँपालिकाका अध्यक्ष टासी लामाले कार्यक्रमका स्थानीय पालिका र पालिकावासीको बिकास, सम्बृद्धि र  क्षमता अभिबृद्धिका साथै सम्भावित अपराध न्युनीकरणका निम्ती निकै महत्वपूर्ण रहेको भन्दै प्रशंसा गरे ।

May be an image of 10 people, people studying and text

May be an image of 8 people and text

May be an image of 5 people, people studying and text

सम्बन्धित समाचार